नेपाली राजदूत पोखरेल र आरबिएका गभर्नर फिलिप बिच भेटवार्ता, के विषयमा भयो छलफल ?


वैशाख ८, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेल र रिजर्व बैंक अफ अष्ट्रेलियाका गभर्नर फिलिप लोबिच भेटवार्ता भएको छ। शुक्रबार उनीहरूबिच भेटवार्ता भएको क्यानबेरास्थित नेपाली राजदूतावासले विज्ञप्तीमार्फत जानकारी दिएको छ।

राजदूत पोखरेल र लोबिचको भेटवार्तामा अष्ट्रेलिया बैँकिङ सम्बन्ध स्थापनाको सम्भावना बारे छलफल भएको जानकारी दिइएको छ। त्यसैगरी, शुक्रबारको भेटमा उनीहरूबिच अष्ट्रेलियामा बढ्दै गएको नेपाली समुदाय तथा अष्ट्रेलियाबाट नेपाल पठाइने रेमिट्यान्सको मोडल सुधार गर्ने विषयमा समेत छलफल भएको छ।

राजदूत पोखरेलले गरेको प्रस्तवामा गभर्नर लो सकारात्मक देखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

शुक्रबारको भेटवार्तामा सहायक गभर्नर मिचेल म्यक्फी, अष्ट्रेलियन रिजर्भ बैंकका प्रमुख मिचेल प्लम्प जेनरल कन्सुलर दीपक कुमार खड्का सहभागी थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?