जुलाई २९ तारिखमा एनआरएन अष्ट्रेलियाको निर्वाचन हुने


वैशाख ९, मेलबर्न, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी निर्वाचन जुलाई २९ तारिखमा हुने भएको छ। २०२३-२५ कार्यकालका लागि हुने निर्वाचन उक्त मितिमा गर्ने निर्णय भएको हो।

यस निर्वाचनको प्रमुख आयुक्तमा पूर्वअध्यक्ष टोनु घोताने रहने भएका छन्। कानुन व्यवसायी समेत रहेका घताने पूर्वअध्यक्षबाट बिदा भएपछि एनआरएन अष्ट्रेलियाको अन्य पक्षमा काम गरिरहेका छन्।

१५ सदस्यीय एनआरएन अष्ट्रेलियाको २०२१-२३ कार्यकाल नन्द गुरूङले गरिरहेका छन्। २०१९-२०२१ को कार्यकाल सम्हालेका केशव कँडेल बिदापछि निर्वाचन प्रणालीबाटै गुरूङले एनआरएन अष्ट्रेलियाको नेतृत्व लिएका थिए।

आगामी कार्यकालको नेतृत्व चयनका लागि अनलाइन प्रणालीमार्फत भोटिङ हुने भएको छ। यसअघि पनि एनआरएन अष्ट्रेलियाले अनलाइनबाटै चुनाव गरेको थियो। जसमा करीब १५ हजारले मतदान गरेका थिए।

एनआरएन अष्ट्रेलियाले गैरनाफामुलक संस्थाको रूपमा काम गरिरहेको छ। अष्ट्रेलिया पुगेर विभिन्न समस्यामा परेका नेपालीहरू यस संस्थामा पुग्ने गरेका छन्। केबिसी न्युजको सहयोगमा

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?