नेपाली विद्यार्थीलाई कम तलब दिने सिड्नीको कम्पनीलाई १ लाख ५ हजार डलर जरिबाना
वैशाख ९, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कम तलब दिएर काममा लगाउने एक कम्पनीलाई ठूलो जरिबाना तिराइएको छ। सिड्नीस्थित एक क्लिनिङ कम्पनीलाई अदालतले १ लाख ५ हजार ८४० जरिबाना तिर्न आदेश दिएको हो।
फेयर वोर्क एम्बुड्सम्यानले ग्रीन क्लिन (अस्ट) पीटीवाई लिमिटेड र कम्पनीका पूर्व म्यानेजरले नेपालबाट आएका र विद्यार्थी भिसामा रहेका दुईजनालाई कम तलब दिएको तथा झुटो विवरण बनाएको आरोप लगाएको थियो।
उक्त आरोप दोषी देखिएपछि ग्रीन क्लिनले ठूलो जरिबाना भर्नुपर्ने भएको हो।
अदालतको आदेश अनुसार ग्रीन क्लिन कम्पनीले १ लाख ५ हजार ८४० डलर र पूर्व म्यानेजरले १८ हजार ३४६ डलर जरिबाना भर्नुपर्ने भएको छ।