उपनिर्वाचन तनहुँ–१ : स्वर्णिम वाग्ले दोब्बर बढी मतले अगाडी, कसको मत कति ?
वैशाख ११, काठमाडौँ ।
तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता कायम गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार वाग्लेले ४३०३ मत प्राप्त गरेका छन् । वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १९३३ मत पाएका छन् । एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १११८ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् ।