अष्ट्रेलियामा न्युजिल्यान्डका अभिभावकबाट जन्मिएका बालबालिका स्वतः अष्ट्रेलियाको नागरिक


वैशाख ११, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा न्युजिल्याण्डका नागरिकबाट जन्मिने बच्चाहरूले स्वतः अष्ट्रेलियाको नागरिकता पाउने भएका छन्। संघीय सरकारले गरेको नीति परिवर्तनसँगै निश्चित मापदण्ड पुरा गरेका बच्चाहरू स्वतः अष्ट्रेलियन नागरिक हुने भएका छन्।

नयाँ नियम अनुसार भिसामा रहेका न्यूजील्याण्डका नागरिकहरूले पहिले स्थायी बासिन्दा नभई कम्तीमा चार वर्ष अष्ट्रेलियामा बसेपछि सिधै नागरिकताका लागि आवेदन दिन सक्नेछन्।

आइतबार बोल्दै प्रधानमन्त्री एन्थोनी अल्बानीजले जुलाई १, २०२३ देखि अष्ट्रेलियामा विशेष श्रेणीको भिसा लिएका र स्थायी बसोबासको अनुमति पाएका न्युजिल्याण्डका आमाबुवाबाट जन्मिएका बालबालिकाहरू स्वतः अष्ट्रेलियाको नागरिक बन्ने घोषणा गरेका छन्।

‘हामीलाई थाहा छ धेरै न्यूजील्याण्डहरू यहाँ विशेष श्रेणीको भिसामा परिवार हुर्काउने, काम गर्ने र अष्ट्रेलियामा आफ्नो जीवन निर्माण गर्ने क्रममा छन्,’ उनले भने। ‘त्यसैले म नागरिकताले प्रदान गर्ने सुविधाहरू प्रदान गर्न पाउँदा धेरै खुसी छु।’

न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले न्युजिल्याण्डका मानिसहरूलाई नागरिकताले प्रदान गर्ने चिकित्सा र अन्य सेवाहरूमा पहुँच भएको सुनिश्चित गर्ने भन्दै यो कदम निष्पक्षताको नमुना भएको बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?