चितवन–२ मा रवि लामिछानेको जित पक्का, कटाए ३६ हजार मत


वैशाख १२, काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो मतान्तर बनाएका छन् । मंगलबार बिहानसम्म ५० हजार बढी मत गणना हुँदा लामिछानेले ३६१५८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७१४८ छ । उनीहरूबीचको मतान्तर २९०१० छ ।

चितवन(२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत २८ हजार मात्र छ । अहिलेलै लामिछानेले प्रतिस्पर्धीसँग २९ हजारको मतान्तर कायम गरेकाले उनको जित सुनिश्चित देखिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?