अजरबैजान पुर्याई साढे आठ लाख ठगी गर्ने पक्राउ
वैशाख १४, कामठाडौँ । अजरबैजान पुर्याई आठ लाख ५० हजार ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
अजरबैजानको होटलमा मासिक ७०० डलर कमाइ हुने भनी आठ लाख ५० हजार ठगी गर्ने दाङ लमही नगरपालिकाका २५ वर्षीय भीमकुमार सुनारलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले अजरबैजानको होटलमा मासिक ७०० डलर कमाइ हुन्छ भनी अजरबैजान लगेर पाँच महिनासम्म अलपत्र पारेको निवेदनका आधारमा पक्राउ गरेको जानकारी दिए।
पीडित कमलप्रसाद भण्डारीले ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा दिएका थिए। सुनारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार पठाएको ब्यूरोले जनाएको छ।