२४ क्यारेट सुन लेपन गरिएको पेस्तोल सहित सिड्नी एयरपोर्टबाट अमेरिकी युवती पक्राउ
वैशाख १४, मेलबर्न, अष्ट्रेलिया। अमेरिकाबाट अष्ट्रेलिया आएकी व्यक्तिको लगेजबाट पेस्तोल बरामद गरिएको छ। गत हप्ता अष्ट्रेलिया आएकी उनको झोलाबाट २४ क्यारेट सुन लेपन गरिएको बन्दुक फेला परेको हो ।
अमेरिकाबाट आएकी २८ वर्षीय युवती आइतबार लस एन्जलसबाट सिड्नी आइपुगेका थिइन्। अष्ट्रेलियन बोर्डर फोर्स (एबीएफ) अधिकारीहरूले उनको झोला जाँच गर्दा ह्यान्डगन पारेका थिए।
हतियार दर्ता नगरिएको र ति युवतीले अष्ट्रेलियामा बन्दुक आयात गर्न वा राख्न अनुमति नलिएको कारण उक्त बन्दुक बरामद गरिएको एबीएफले बताएको छ।
ती महिलालाई गिरफ्तार गरेर सोमबार डाउनिङ सेन्टर स्थानीय अदालतमा मुद्दा चलाइएको थियो। पछि उनी जमानतमा रिहा भएकी थिइन्।
उनी अर्को महिना फेरि अदालतमा हाजिर हुनेछिन्। दोषी प्रमाणित भएमा उनलाई १० वर्षसम्मको जेल सजाय हुन सक्नेछ।
उनको भिसा रद्द गर्ने र अष्ट्रेलियाबाट निकाला गर्ने विषयमा पनि अदालतको निर्णयले निर्धारण गर्ने बताइएको छ।
एबीएफ इन्फोर्समेन्ट र डिटेन्ड सामान ईस्ट कमाण्डर जस्टिन बाथर्स्टले एबीएफ अफिसरहरूले अष्ट्रेलियाको सीमा पार गर्ने अवैध र अत्यधिक खतरनाक सामानहरूलाई रोक्न ठूलो योगदान गरेको बताएका छन्।
‘एबीएफ अष्ट्रेलियाको पहिलो र सबैभन्दा महत्त्वपूर्ण रक्षा लाइन हो।’ उनले भनेका छन्।