अष्ट्रेलियामा उडिरहेको विमानमा झगडा गर्ने चार यात्रु पक्राउ


वैशाख १४, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा उडिरहेको विमानमा झगडा गर्ने चार यात्रुलाई पक्राउ गरिएको छ। उडानको क्रममा उनीहरूले झगडा गरेपछि केर्न्सबाट उडेको विमान आपतकालीन अवतरण गराउनु परेको थियो।

ष्ट्रेलियाको संघीय पुलिस (एएफपी) र एनटी पुलिसले बिहीबार साँझ क्वीन्सल्याण्डबाट उत्तरी क्षेत्रको लागि उडानको क्रममा झगडा गर्नेहरूमाथि अनुसन्धान सुरू गरिएको पुष्टि गरेको छ।

‘एएफपीलाई बिहीबार अप्रिल २० मा केर्न्सबाट ग्रुट आइल्याण्डको उडानमा भएको घटना नियन्त्रण लिन बोलाइएको थियो।’ प्रवक्ताले भनेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा प्यासेजमा बसेर चार व्यक्तिहरू एकले अर्कोलाई प्रहार गरेको देख्न सकिन्छ। चार जना झगडामा सामिल भएपछि डानलाई क्वीन्सल्याण्ड फर्कन बाध्य पारेको थियो। यो घटनामा एक महिला संलग्न भएको अभियोग लगाइएको थियो।

“एउटी महिला यात्रुलाई हटाइयो र विमानमा अव्यवस्थित व्यवहार, सामान्य आक्रमण र केबिन क्रू द्वारा सुरक्षा निर्देशनहरू पालना नगरेको आरोप लगाइएको थियो,” प्रवक्ताले भने।

तर, फेरी विमान उड्दा सोही समुहले झगडा गर्न सुरू गरेको बताइएको छ।

विमान उत्तरी क्षेत्रको पूर्वी तटमा रहेको ग्रुट आइल्याण्डको अल्याङ्गुलामा अवतरण गरेपछि नर्थन टेरीटोरीको प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा २३ र २२ वर्षका पुरूष र २३ वर्षीय महिला रहेको बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?