एसीसी प्रिमियर कप : कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता


वैशाख १४, काठमाडौँ । एसीसी प्रिमियर कपमा नेपाल समूह ’ए’ को विजेता बनेको छ।

बिहीबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समूह विजेता बनेको हो । योसँगै नेपाल समूह विजेतको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपालले ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्नेको हो। अब नेपालले समूह ’बी’ को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ।

बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कतारलाई १५८ रनको चुनौती दिएको थियो। उक्त रनको चुनौती लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अलआउट भयो।

नेपालको जितमा सन्दीप लामिछानेले पाँच विकेट लिएका थिए भने सर्वाधिक नटआउट ४२ रन जोडे । उनी बलिङ र ब्याटिङ दुवैमा चम्किए । ललित राजवंशीले २ र सोमपाल कामीले ३ विकेट लिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?