अष्ट्रेलियामा हिटलरको पार्टी नाजीको सलामीमा प्रतिबन्ध लगाउने प्रस्ताव दर्ता
वैशाख १५, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा हिटलरको पार्टी नाजीको अभिवादन लाई गैरकानुनी बनाउने प्रस्ताव दर्ता भएको छ। यो प्रस्ताव दर्ता भएसँगै जासुसी एजेन्सीले चरमपन्थी भर्तीलाई बाधा पुर्याउन मद्दत गर्न बताएको छ।
महान्यायाधिवक्ता माइकलिया क्यास द्वारा पेश गरिएको विधेयक अहिले संसदीय समितिमा अध्ययन भइरहेको जानकारी दिइएको छ।
यो विधेयक स्विकृत भएमा अष्ट्रेलियामा स्वस्तिक र नाजी सलाम सहित नाजी चिन्हको प्रदर्शन गैरकानूनी हुनेछ। यदी उल्लंघन गरेको पाइएमा १२ महिना जेल सजाय हुने कार्यविधिको अध्ययन भइरहेको छ।
यो कानून शैक्षिक, ऐतिहासिक, पत्रकारिता वा कलात्मक प्रदर्शनमा लागु नहुने पनि प्रस्ट पारिएको छ। बौद्ध, हिन्दू वा जैन धर्मसँग सम्बन्धित धार्मिक कार्यक्रमहरूमा स्वस्तिक चिन्ह प्रयोग गरिने भएका कारण त्यहाँ यो नियम लागु नहुने भएको हो।
क्यासको प्रस्तावले गत महिना मेलबर्नमा एन्टी-ट्रान्स र्यालीमा “सिग हेल” सलामी प्रदर्शन गर्ने कालो लुगा लगाएका धेरै मानिसहरूको उपस्थितिलाई मध्यनजर गरेको थियो।
भिक्टोरियाले हाल अभिवादनमा प्रतिबन्ध लगाउनका लागि कानून बनाएको छ। नाजी पार्टीको चिन्ह स्वस्तिकमा भने गत जुनमा नै प्रतिबन्ध लागिसकेको छ।
न्यु साउथ वेल्सले भिक्टोरियाको अनुसरण गर्दा क्वीन्सल्याण्ड, तस्मानिया, वेस्टर्न अष्ट्रेलिया र साउथ अष्ट्रेलियाले पनि समान कानुनको अध्ययन गरिरहेका छन्।
चरमपन्थी अति दक्षिणपन्थी समूहहरू हिंसाप्रति सैद्धान्तिक प्रतिबद्धता राख्दै पनि आफ्नो विश्वास फैलाउनमा बढी केन्द्रित भएको प्रस्तावित विधेकयमा उल्लेख गरिएको छ। अति दक्षिणपन्थी हिंसाहरू फैलिन सक्ने भन्दै यो विधेयक द्रूत रूपमा पास गराउन छलफल भइरहेको नाइन न्युजमा उल्लेख छ।