क्विन्सल्याण्डमा माछा मार्ने व्यक्ति बेपत्ता, गोहीले लगेको आशङ्कामा खोजी कार्य सुरू


वैशाख १७, मेलबर्न, अष्ट्रेलिया । उत्तरी क्विन्सल्याण्डमा बेपत्ता भएका मछुवारको खोजी सुरू भएको छ। गोहीले लगेको शङ्का सहित उनको उद्धार टोलीले खोजी सुरू गरेको हो।

क्वीन्सल्याण्डको केप योर्क क्षेत्रको ६५ वर्षीय लाैरा शनिबार दिउँसो बेपत्ता भएका थिए। उनी हराएसँगै आपतकालीन सेवाहरूलाई रिनिरु (लेकफिल्ड) राष्ट्रिय निकुञ्जको केनेडी बेन्ड क्याम्पिङ क्षेत्रमा बोलाइएको थियो।

उक्त क्षेत्रको नजिकै क्याम्पिङ गरिरहेका व्यक्तिले पोखरीको वरपरबाट चिच्याहट सुनेको बताएका छन्।

क्वीन्सल्याण्डको राज्य आपतकालीन सेवा, पुलिस र एक उद्धार हेलिकप्टरले शनिबार साँझ केनेडी नदीमा खोजी गरेका थिए। उनको अवस्था पत्ता नलागेपछि आइतबार बिहानैदेखि पुनः खोजी सुरू गरिएको छ।

पार्कमा आउने आगन्तुकलाई गोहीको खतराबारे सचेत रहन अनुरोध गरिएको छ।

बेपत्ता व्यक्तिको खोजीमा वातावरण विज्ञानथ तथा वन्यजन्तु अधिकारीहरूले सहयोग गरिरहेको प्रहरिले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?