इन्डोनेसियामा दुर्व्यवहार गरेको आरोपमा अष्ट्रेलियन नागरिक पक्राउ, ५ वर्षसम्म जेल सजाय हुने सम्भावना


वैशाख १७, एजेन्सी । इन्डोनेसियाको आचे प्रान्तमा एक जना अष्ट्रेलियन नागरिकलाई पक्राउ गरएको छ। नियम वितरित अश्लिल हर्कत गरेको आरोपमा पक्राउ परेका उनीमाथि दुर्व्यवहारको अभियोग लगाइएको बताइएको छ।

२३ वर्षीय मनी रिस्बी-जोन्सले सुमात्राको तटमा रहेको सिम्युलु टापुमा बिहीबार मादक पदार्थ सहितको अश्लिल हर्कतमा दोषी ठहरीए ५ वर्ष जेल बस्नुपर्ने समेत रहेको छ।

अष्ट्रेलियाको नूसाका व्यक्ति होटलको खोठाबाट नाङ्गै बाहिर निस्किएको र सडकमा धेरै मानिसहरूलाई  लखेट्दै हिर्काएका थिए। एक मछुवार घाइते नै भएका कारण उपचार गर्नु परेको समेत सिमेउलुका प्रहरी प्रमुखले पुष्टि गरेको इन्डोनेसियामा सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

शरियामा आधारित कानुनी प्रणाली अन्तर्गत सञ्चालित आचेमा मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ।

उनीमाथि दुर्व्यवहारको आरोप लागेको छ। मिडिया रिपोर्ट अनुसार दोषी प्रमाणित भए उनिमाथि अधिकतम पाँच वर्षको जेल सजाय हुनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?