आज दुई चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र युएई भिड्दै, जित्ने टोलीले एसिया कप खेल्ने


वैशाख १८, काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमाआज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच महत्वपूर्ण खेल हुँदैछ। निकै महत्तवपूर्ण मानिएको यो खेलमा नेपाल र चिर परिचित प्रतिद्वन्द्वी युएईपुनःएकचोटी आमने–सामने हुँदैछन्।

सोमवार कीर्तिपुर क्रिकेट मैदानमा नेपाल र युएई बीचको खेल बिहान नौ बजेबाट सुरु हुनेछ। आजको विजेता टोली एसिया कपमा छनोट हुनेभएकाले पनि यो खेललाई निकै महत्वपूर्ण रुपमा लिईइएको छ।

नेपाल आजको खेल जसरी पनि जित्ने लक्ष्यका साथ मैदानप्रवेश गर्नेछ भने युएई पनिकुनै हालतमा खेल जित्न चाहान्छ । डेढ महिना अगाडि सम्पन्न विश्वकप लीग–२ अन्तर्गतको खेलमा नेपालयुएई संग पाराजित भएको थियो । एसिया कपको छनौटमा नेपाल याे अवसर गुमाउन चाँहदैन्।

शनिवार कुवेतसंग सेमिफाइनल खेलेको नेपालले फाइनलमा डक वर्थ लुइस (डीएलएस्) प्रणालीको आधारमा प्रवेश गरको हो। टीयू क्रिकेट मैदानमा भएको खेलमा वर्षाको कारण बाधा पुगेपछि समूहए को विजेताका हिसाबले नेपाल फाइनल प्रवेश गरेको थियो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि ५० ओभरको खेललाई ४२ ओभरमा छोट्याइएको थियो।

नेपालले ४२ ओभरमादिएको २८१ रनको लक्ष्य पछ्याउने क्रममाकुवेत ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएर खेलिरहँदापानी परेर पुन खेल रोकिदा नेपालले फाइनलको प्रवेश गरेको थियो।

त्यस्तै, शनिवार नै मुलपानीमा भएको ओमान र युएई बीचको प्रतिस्पर्धात्मक खेलमा युएईले डीएलएस मेथड अनुसार२ रनले बिजयीहुँदै फाइनल प्रवेश गरको थियो । त्यसपछि नेपालसंग युएईकोभेट आजका लागि पक्का भयो।

तर, प्रतिकूल मौसमका कारण आजको महत्वपूर्ण खेलमापनि वर्षा बाधक बन्ने देखिएको छ। यदि पानी परेर खेल रोकिए नियमानुसार सुपर ओभरको खेल हुनेछ। विजेता टोलीले भारत र पाकिस्तानसँग एसिया कप खेल्ने सुनौलो अवसर प्राप्तगर्नेछ। वर्षा बाधकन बन्ने हो भने आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण र प्रतिस्पर्धात्मक हुने देखिन्छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?