आईएसआईका प्रमुख अल कुरासी मारिएको दाबी


वैशाख १८, स्तानबुल । टर्कीले आफ्नो कारबाहीमा आतंकवादी संगठन आईएसआईएसका प्रमुख अबु हुसैन अल कुरासी मारिएको दाबी गरेको छ। टर्कीका राष्ट्रपति रिजिप ताइप एर्दोआनले सिरियाका आईएसआर्ईएस प्रमुख कुरासी आफ्ना सेनाको कारबाहीमा मारिएको दाबी गरेका हुन्।

उनले आफ्नो देशको आतंकवादविरुद्धको अभियानमा अल कुरासी मारिएको दाबी गरेका छन्। अल कुरासीलाई टर्कीको राष्ट्रिय खुफिया एजेन्सीले लामो समयदेखि खोजिरहेको र सोही क्रममा भएको कारबाहीमा उनी मारिएको राष्ट्रपति एर्दोआनले बताए।

एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा राष्ट्रपति एर्दोआनले अल कुरासी मारिएको बताएका हुन्। गत ३० नोभेम्बरमा तत्कालीन प्रमुख अबु हसन अल हाशिमी अल कुरासीको मृत्यु भएको घोषणा गर्दै आईएसआईएसले उनको स्थानमा अबु हुसैन अल कुरासीलाई नियुक्त गरेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?