ब्रिस्बेनमा लागेको आगो निभाउने क्रममा घाइते भएकी अग्नि नियन्त्रकको मृत्यु
वैशाख २०, मेलबर्न, अष्ट्रेलिया । ब्रिसबेनको दक्षिणमा रहेको गोदाममा लागेको आगो निभाउने क्रममा घाइते भएका एक अग्नि नियन्त्रकको मृत्यु भएको छ।
क्वीन्सल्याण्ड फायर एण्ड इमर्जेन्सी सर्भिसले इजाबेला न्यासको अस्पतालमा राति उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ।
उनी हिजो बिहानै स्लाक्स क्रिकको एउटा गोदाममा लागेको आगोलाई नियन्त्रण गर्नका लागि टोलीले प्रयास गर्दा घाइते भएर अस्पतला लगिएका व्यक्तिमध्ये एक थिइन्।
उनको श्वासप्रश्वास प्रणालीमा समस्या भए/नभएको पत्ता लगाउन एक परीक्षण गर्ने बताइएको छ। आगो निभाउने क्रममा उनले अक्सिजन हराएका कारण उनी बेहोस भएको हुनसक्ने अनुमान गरिएको छ।
नास २०१४ देखि क्विन्सल्याण्ड फायर एण्ड इमर्जेन्सी सर्भिस संलग्न भएकी थिइन्।
त्यस्तै, सोही घटनामा घाइते भएकी अर्की अग्नि नियन्त्रक लिया ड्र्यूको गम्भीर अवस्थामा उपचार भइरहेको बताइएको छ।
उक्त गोदाममा कसरी आगो लाग्यो भनेर अनुसन्धान भइरहेको छ।