क्लबलाई थाहा नदिइ साउदी अरेबिया पुगेका लियोनेल मेस्सी परे कारवाहीमा


वैशाख २०, काठमाडौँ । पेरिस सेन्ट जर्मेन पीएसजीले अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीलाई २ हप्ताका लागि निलम्बन गरेको छ ।क्लबसँग अनुमति नलिई साउदी अरेबियाको भ्रमण गरेकोमा उनी कारबाहीमा परेका हुन् । २ हप्ताको निलम्बनमा परेमा उनले पीएसजीका २ वटा खेल गुमाउने छन् ।

पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिँदै छ । सम्झौता सकिनु र मेसीले सम्झौता नवीकरणको प्रतीक्षा गरिरहेका बेला उनीमाथि कारबाही भएको हो ।

पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो साउदी लिग खेल्न आएपछि विश्वका शीर्ष खेलाडीहरुको ध्यान साउदी अरेबियाको लिगतर्फ तानिएको छ । मेस्सी पनि यही आकर्षणमा लोभिएको हुन नसक्नु अनुमान फुटबल पण्डितहरुको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?