बेरी हम्फ्रिजलाई भिक्टोरिया र न्यू साउथ वेल्सले संयुक्त राजकीय अन्त्येष्टि दिने


वैशाख २१, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका भेटरान हास्य कलाकार बेरी हम्फ्रिजलाई भिक्टोरिया र न्यू साउथ वेल्सले संयुक्त राजकीय अन्त्येष्टि दिने भएका छन्। यसबारे अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पुष्टि गरेका छन्।

डेम एडना एभरेज र सर लेस प्याटरसन जस्ता लामो समयदेखिका पात्रहरूका लागि प्रख्यात हम्फ्रिजको ८९ वर्षको उमेरमा अप्रिल २२ मा मृत्यु भएको थियो।

युकेमा टिभी होस्ट पियर्स मोर्गनसँग कुरा गर्दै प्रधानमन्त्री अल्बानीजले अष्ट्रेलियाका उत्कृष्ट चरित्र हम्फ्रिजको अन्त्येष्टि राष्ट्रमण्डलसँगै दुई राज्य सरकारहरूले सह-आयोजन गर्ने बताएका हुन्।

“मेरो सरकार पनि त्यसको एक हिस्सा हुनेछ,” अल्बानीजले भने।

उनले अष्ट्रेलियालीहरूको पुस्ताका लागि ठूलो मात्रामा आनन्द ल्याएको भन्दै हम्फ्रिजको  प्रशंसा गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?