न्यु साउथ वेल्स सर्भिसका कर्मचारीलाई साथिहरूकै अगाडी छुरा प्रहार


वैशाख २२, मेलबर्न, अष्ट्रेलिया । सर्भिस न्यु साउथ वेल्सका एक कर्मचारीलाई सहकर्मीहरूको अगाडि छुरा प्रहार गरिएको छ।

छुरा प्रहार भएको खबर आएपछि शुक्रबार बिहान ९.२० बजे प्यारामेडिकलाई रासन पीएल, हेमार्केटमा बोलाइएको थियो। ५५ वर्षीय व्यक्तिलाई सेन्ट भिन्सेन्ट अस्पताल पुर्‍याउनुअघि घटनास्थलमा उपचार गरिएको थियो।

न्यु साउथ वेल्स प्रहरीले प्रहरीले उक्त व्यक्तिको ढाड, छाती र काँधमा छुरा प्रहार गरेको जनाएको छ।

“उनलाई पछि गम्भीर तर स्थिर अवस्थामा अस्पताल लगियो,” प्रहरी अधिकारीले भनेका छन्।

प्रहरीले दिएको जानकारी अनुसार यस घटनामा संलग्न भएको आरोपमा ३२ वर्षीय व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।

डरलाग्दो आक्रमणपछि कर्मचारीहरूले एकअर्कालाई सान्त्वना दिइरहेको प्रहरीले जनाएको छ। यद्यपी, त्यहाँ अहिले कुनै सार्वजनिक त्रासको अवस्था नभएको बताइएको छ।

सेन्ट भिन्सेन्ट अस्पतालका प्रवक्ताले कामदारको आपतकालीन शल्यक्रिया भइरहेको बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?