सिड्नीबाट २ किशोरी एकसाथ बेपत्ता
वैशाख २४, मेलबर्न, अष्ट्रेलिया। पछिल्लो पटक सिड्नीको इनर वेस्टमा देखिएका दुई बेपत्ता किशोरीहरूको खोजी सुरू भएको छ।
१२ वर्षीया योशिनो स्टानफर्ड र १३ वर्षीया इसाबेला हेरिङ अन्तिम पटक शनिबार बिहान ८ बजे फरेस्ट लजको हेरफोर्ड स्ट्रीटमा देखिएका थिए। त्यसपछि उनीहरू बेपत्ता छन्।
२ किशोरीहरूलाई सम्पर्क गर्न वा पत्ता लगाउन नसकेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो।
एसियाली रूपकी स्टानफर्ड पातलो शरीर भएकी, १५२ सेमी अग्ली र काँधसम्म लामो कर्ली कपाल भएकी छिन्। उनी पछिल्लो पटक नीलो जम्पर र सेतो प्यान्ट लगाएकी थिइन्।
ककेशियन रूपकी हेरिङ लगभग १६२ सेमी अग्ली, काँधसम्म लम्बाइको सिधा कपाल भएकी, गोरी र निलो आँखा सहित मध्यम शरीरकी भएको बताइएको छ।
उनी अन्तिम पटक खैरो लामो बाहुला भएको सर्ट लगाएको परिवारले जानकारी दिएको छ। उनीहरूले म्यानली र सर्कुलर क्वे क्षेत्रमा सँगै यात्रा गरेको हुनसक्ने अनुमान छ।
कसैलाई उनीहरूले देखेमा वा अन्य जानकारी भएमा 1800 333 000 मा पुलिस वा अपराध रोक्न फोन गर्न आग्रह गरिएको छ।