अष्ट्र्रेलियाले जारी गरेको २ डलरको सिक्काको भियतनामले गर्यो विरोध, चलानी तत्काल रोक्न आग्रह


वैशाख २५, मेलबर्न, अष्ट्रेलिया । अष्ट्र्रेलियाले जारी गरेको नयाँ २ डलरको सिक्काप्रति भियतनामले कडा आपत्ति जनाएको छ। अष्ट्रलियाले ‘भियतना वार’ सहित पहेँलो झण्डा सहितको सिक्काप्रति भियतनाम असन्तुष्ट देखिएको हो।

अष्ट्रेलियाले भियतनामबाट आफ्नो सेना फिर्ता गरेको ५० वर्ष पूरा भएको अवसरमा सीमित संस्करणको दुई डलरको सिक्का जारी गरिएको हो।

तर, भियतनामले भने नयाँ सिक्काले द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रवृत्तिलाई अस्वीकार गर्ने भन्दै अष्ट्रेलियालाई यसको प्रचलन तत्काल रोक्न आग्रह गरेको छ।

दक्षिण भियतनामको पहेंलो र रातो झण्डा भियतनामी सरकारले प्रतिबन्धित गरेको छ। सोही प्रतिबन्धित झण्डाको प्रयोग गरिएपछि भियतनामले असन्तुष्टि जनाएको हो।

अष्ट्रेलियाले भियतनाम युद्धको समयमा अमेरिकाको समर्थन गर्दै दक्षिण पक्षलाई समर्थन गरेको थियो। तर, युद्धमा अमेरिका अपराजित भएसँगै भियतनाम एउटै देश भएको थियो।

भियतनामले युद्धको अन्त्यको सम्झनामा पाँच दिनको बिदाको अन्त्यमा विरोध गरेको छ। पहेंलो झण्डा देशको लागि संवेदनशील विषय हो ।

गत वर्ष जनवरीमा, भियतनामको राष्ट्रिय टेलिभिजन स्टेशनले भियतनाम र अष्ट्रेलियाबीचको फुटबल खेल १० मिनेट ढिलो गरी प्रसारण गरेको थियो। उक्त खेलमा अष्ट्रेलियाली फ्यानहरूले रंगशालामा पहेँलो झण्डा लगेपछि खेल प्रसारण ढिलो गरिएको थियो।

जुलाई २०१८ मा एक भियतनामी अदालतले तीन महिलाहरूलाई सार्वजनिक रूपमा पहेंलो झण्डा बोकेपछि राज्य विरोधी प्रचार फैलाएको आरोपमा चार वर्षको जेल सजाय सुनाएको थियो।

भियतनाको आपत्तिमा अष्ट्रेलियाले भने सिक्काको रक्षा गरेको छ। अष्ट्रेलियन मिन्टले विज्ञप्तिमा भनेको छ, ‘सिक्काको डिजाइनले भियतनाममा १९६८ मा सेवा गरेका अष्ट्रेलियालीहरूलाई प्रदान गरिएका सेवा पदकहरूको रिबनको रंगलाई प्रतिबिम्बित गरेको छ। अष्ट्रेलिया सरकारले पूर्व गणतन्त्र भियतनामको झण्डालाई कुनै समर्थन गर्दैन।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?