सिड्नीको हार्बर ब्रिज मर्मत सम्भारका लागि ४ करोड ५० लाख बजेट !


वैशाख २५, मेलबर्न, अष्ट्रेलिया। अष्ट्रेलियाको प्रमुख आकर्षणहरूमध्ये एक हार्बर ब्रिज (सिड्नी हार्बर) मर्मत सम्भार गरिने भएको छ।

सरकारले सिड्नी हार्बरमा महत्त्वपूर्ण कुराहरू मिलाउनका लागि ४ करोड ५० लाख खर्च गर्ने भएको छ। मंगलबार हुने २०२३-२४ को बजेटमा यसबारे घोषणा गरिने बताइएको छ।

वातावरण र जल मन्त्री तान्या प्लिबर्सेकले सिड्नी हार्बर फेडरेशन ट्रस्टले नौ साइटहरूको संरक्षण र व्यवस्थापनको जिम्मेवारी लिएको बताएकी छन्।

पछिल्लो सरकारले दशकाैँ सम्म धेरै साइटहरूको बेवास्ता गरेका कारण तिनिहरूको अवस्था नराम्रो भएकाले वातावरण र सांस्कृतिक मूल्यलाई चुनाैति दिने मन्त्री प्लिबर्सेकले बताइन्।

‘विश्व सम्पदा सुचीमा सुचिकृत कोकाटू टापुमा पनि धेरै  पूर्वाधार समस्याहरू देखिएको छ।  समुद्री पर्खालहरू चर्किएका छन्, घाटहरू समात्ने तोरणहरू क्षय हुँदैछन् र केही भवनहरू सुरक्षा चिन्ताको कारण बन्द छन्।’ उनले भनेकी छन्।

यो रकम समुद्रको पर्खाल, ढुङ्गा खसेको चट्टान, पुराना सामान जोगाउने संरचना निर्माण र अन्य नियमित मर्मतसम्भार जस्ता कुराहरूमा खर्च गरिने मन्त्री प्लिबर्सेकले बताएकी छन्।

सरकारले पुरानो डक र घाटहरू प्रतिस्थापन गर्न २ करोड ६० लाख खर्च गर्ने बताइएको छ। सिड्नी हार्बर मर्मत अन्तरगत खर्च गरिने यो नै सबैभन्दा ठूलो रकम हो।

उक्त ट्रस्ट साइटले वार्षिक २० लाख आगन्तुकहरूलाई आकर्षित गर्ने, हजाराैँ रोजगारीको अवसर सिर्जना गर्ने र शहरको अर्थतन्त्रलाई मजबुद बनाउने मन्त्री प्लिबर्सेकको दाबी छ।

अष्ट्रेलिया सरकारले अर्को हप्ता दुई संस्थालाई थप रकम दिने घोषणा गर्नेछ। अस्ट्रेलियन इन्स्टिच्युट अफ मरिन साइन्सले १६३.४ मिलियन डलर र कमनवेल्थ नेशनल पार्कले २६२.३ मिलियन डलर पाउने बताइएको छ । यो उनीहरुले यसअघि प्राप्त गरेको रकमको दोब्बर हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?