अष्ट्रेलियन प्रहरीले बरामद गर्यो खाल्डो खनेर लुकाएको १५ लाख डलर बराबरको कोकिन


वैशाख २५, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको डार्बिनमा प्रहरीले ठूलो परिमाणको कोकिन अपरेशन विफल पारेको छ। ग्रामीण इलाकामा १.५ मिलियन डलरको कोकिन ब्यारेलमा गाड्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त तस्कर अपरेशन विपल भएको हो।

नर्थन टेरिटोरी र न्यू साउथ वेल्स जासूसहरू बीचको संयुक्त अपरेशनमा दुई पुरुषहरूलाई अपराधको स्ट्रिङको आरोप लगाइएको छ। त्यस्तै, प्रहरीले उनीहरूको साथबाट तीन किलो भन्दा बढी कोकिन समेत बरामद गरेको छ।

प्रहरीले छ किलोग्राम गाँजा पनि बरामद गरेको बताएको छ। प्रहरीले उनीहरूको साथबाट २ लाख ५० हजार डलर समेत बरामद गरेको छ।

प्रहरीले न्यू साउथ वेल्सका गुप्तचरहरूबाट सुचना पाएपछि अप्रिलदेखि ४१ वर्षीय पुरुषको गतिविधि निगरानी  गर्दै आएको बताएको छ।

“बुधवार, पुलिसले डार्विन शहरको एस्प्लानेड नजिकैको झाडीमा खाली ड्रम गाडेको देखेको थियो,” प्रहरीले एक विज्ञप्तिमा भन्यो।

प्रहरीले सोही स्थानमा ४१ वर्षीय पुरूषले अर्को दिन कोकिन र १ लाख १० हजार डलर नगद गाडेको पत्ता लगाएको थियो।

बिहीबार ती व्यक्तिलाई पक्राउ गरेपछि प्रहरीले हावर्ड स्प्रिंग्सको ग्रामीण डार्विन उपनगरमा रहेको एउटा छापा मारेको थियो। सोही स्थानबाट  गाँजा र थप नगद बरामद गरिएको थियो।

घटनास्थलमा अर्का ४२ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई हिरासतमा राखिएको छ। उनीहरूमाथि लागूऔषध आपूर्ति सम्बन्धी धेरै आरोपहरू लगाइएको एबिसीमा उल्लेख छ।

डिटेक्टिभ सुपरिटेन्डेन्ट ली मोर्गनले यो अपरेशन अन्य सांगठनिक अपराधमा संलग्न भएकाहरूलाई प्रहरीले पिछा गरिरहेको छ भन्ने चेतावनि भएको प्रतिक्रिया दिएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?