भेप प्रयोग गरेर मेलबर्नको एक विद्यालयमा २ किशोर सिकिस्त
वैशाख २६, मेलबर्न, अष्ट्रेलिया । मेलबर्नको पूर्वमा रहेको एक निजी क्याथोलिक विद्यालयमा भेप सेवन गरेपछि दुई किशोर किशोरलाई गत हप्ता अस्पताल भर्ना गरिएको पाइएको छ।
घटना शुक्रबार डोनभालेको व्हाइटफ्रियर्स कलेजमा भएको थियो। भिक्टोरिया एम्बुलेन्सले दिएको जानकारी अनुसार १५ः ५० बजे प्यारामेडिकहरूलाई बोलाइएको पुष्टि गरेको छ।
विद्यालयले शनिबार अभिभावकहरूलाई पठाएको इमेलमा प्रिन्सिपल मार्क मर्फीले दुई विद्यार्थीहरूले भेपिङ उत्पादनको प्रयोग पछि धेरै गम्भीर लक्षणहरू देखिएको उल्लेख गरेका थिए।
“दुवै विद्यार्थीहरूलाई हाम्रो हेल्थ केयर सेन्टरको टोली र कलेजका अन्य कर्मचारीहरूले प्राथमिक उपचार प्रदान गरेका थिए,” उनले भनेका छन्, “उनीहरूलाई एम्बुलेन्स भिक्टोरियाबाट प्यारामेडिकहरूद्वारा पनि मूल्याङ्कन गरी अस्पताल लगियो।”
उनीहरू अहिले स्वास्थ भइ अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेको बताइएको छ। विद्यार्थीहरूले भेप प्रयोग गरेपछि त्यसको नकारात्मक प्रतिक्रिया सामना गरेको बताइएको छ।
मर्फीले यस घटनाबारे प्रहरीलाई जानकारी गराएर आन्तरिक रूपमा पनि अनुसन्धान सुरू गरिएको बताएका छन्।