अष्ट्रेलियाको छिमेकी मुलुकमा ७.४ म्याग्निच्युडको भूकम्प
वैशाख २८, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको छिमेकी मुलुक टोंगाको तटीय क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ।
अष्ट्रेलियाको सरकारी भूविज्ञान अष्ट्रेलियाका अनुसार बिहीबार बिहान २१२ किलोमिटर गहिराइमा भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु टोंगाको हिहिफोबाट ७३ किलोमिटर उत्तरपश्चिममा रहेको जानकारी दिइएको छ।
भूकम्पपछि सुनामीको चेतावनी नआएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
“टोंगा नजिकैको ७.४ म्याग्निच्युडको भूकम्पले अष्ट्रेलिया वा यसको अपतटीय क्षेत्रहरूमा सुनामीको खतरा उत्पन्न गर्ने अपेक्षा गरिएको छैन,” विभागले भनेको छ।