२ हप्तापछि सुरू भयो अष्ट्रेलियास्थित नेपाली दूतावासको पासपोर्ट प्रि-इनरोलमेन्ट बुकिंग


वैशाख २८, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासको इ-पासपोर्टको सर्भर पुनः सुरू भएको छ।

दूतावासले दिएको जानकारी अनुसार केही दिनदेखि बन्द रहेको प्रि-इनरोलमेन्ट बुकिंग पुनः सुचारू भएको हो।

दूतावासले जुन महिनासम्मका सबै अपोइन्टमेन्ट बुक भइसकेकाले जुलाई महिनाको मात्रै प्रि-इनरोलमेन्ट बुक गर्न अनुरोध गरेको छ। प्रत्येक दिन बिहान १० बजेदेखि प्रि-इनरोलमेन्ट बुकिंग गर्न सकिने बताइएको छ।

गत अप्रिल २६ तारिखदेखि प्राविधिक समस्याका कारण बन्द भएको पासपोर्ट सम्बन्धि सर्भर करीब २ हप्तापछि सुचारू भएको हो। यसका लागि क्यानबेरामा रहेको दूतावासले नेपालको पासपोर्ट विभागसँग समन्वय गरेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?