१४ वर्षीय बालकसँग याैन सम्पर्क गर्ने शिक्षिकालाई अष्ट्रेलियामा साँढे २ वर्ष जेल सजाय


वैशाख ३१, मेलबर्न, अष्ट्रेलिया । १४ वर्षीय बालकसँग याैन सम्पर्क गरेको अभियोगमा दोषी साबित भएपछि अष्ट्रेलियामा एक शिक्षिकालाई जेल सजाय सुनाइएको छ।

मेलबर्नकी शिक्षिका अजर रहमतजादेहले बिदाको समयमा विद्यार्थीसँग स्न्यापच्याटमार्फत चिनजान गरेको र घरमै बोलाएर याैनसम्पर्क गरेको पाइएको छ।

उनले १४ वर्षीय बालकलाई बोलाएर रेल स्टेशनबाट आफ्नै घरसम्म कारमा ल्याएकी थिइन्। उनले कारमा बालकलाई अरूले देख्लान् भनेर तल लुक्न समेत अह्राएको पाइएको छ।

उनले बालकलाई घरमा ल्याएपछि मादक पदार्थ समेत खुवाएको पाइएको छ। बालकका बुबाले उनलाई घर लगेपछि यो घटना बाहिरिएको थियो।

ति शिक्षिकाले भिडियो समेत बनाएर याैन सम्पर्कको कुरा कसैलाई नभन्न दबाब दिइएको पाइएको छ। उनले भिडियो सार्वजनिक हुने डरमा आफ्नै आमालाई पनि भनेका थिएनन्।

उनीसँग प्रहरीले सोधपुछ गरेपछि रहमतजादेहले बालकलाई दोष लगाएकी थिइन्। पछि उनले १६ वर्ष मुनिको बच्चालाई यौन दुव्र्यवहार गरेको स्वीकार गरिन्।

काउन्टी अदालतका न्यायाधीश एनी हसनले तत्कालीन ४४ वर्षकी रहमतजादेहले बालकमा गरेको अपमानजनक नतिजालाई प्रतिबिम्बित गर्ने र त्यसबाट बच्ने धेरै अवस्था रहेको बताएकी छन्।

उनले रहमतजादेहलाई शुक्रबार साढे दुई वर्षको जेल सजाय सुनाइन्। उनी एक वर्षको जेल सजायपछि प्यारोलको लागि योग्य हुनेछिन्।

रहमतजादेहले अपराध गर्दा “मानसिक अशान्ति” र निराशाको अनुभव गरिरहेका कारण न्यायाधीश हसनले उनलाई छोटो सजाय सुनाएकी हुन्।

उनी कोभिड-१९ को लकडाउनमा एक्लै बसेपछि एक्लो भइन् र पढाउने कामको बोझ बढ्दै गएपछि उनी विक्षिप्त भएको बताइएको छ।

दोषी ठहरिएकी रहमतजादेहलाई १५ वर्षको लागि यौन अपराधीको रूपमा दर्ता गरिनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?