मेलर्बनमा यसै साता भएका २ दुर्घटनामा ३ नेपालीको मृत्यु, कामबाट फर्किरहेका दम्पतीले एकै ठाउँमा गुमाए ज्यान


जेठ ५, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको मेलर्बनमा यसै साता भएका दुई छुट्टछुट्टै दुर्घटनामा ३ जना नेपालीको निधन भएको छ ।

सोमबार राती कफिल्डमा भएको दु्र्घटनामा २ जना नेपाली दम्पत्तिको ज्यान गएको हो भने बुधबार बेलुका कोल्याकमा भएको अर्को दुर्घटनामा १ जना नेपालीको ज्यान गएको हो । सोमबार भएको दुर्घटनामा रुपन्देही घर भएका ३१ वर्षिय सन्तोष अधिकारी र २२ वर्षिय प्रतिमा अधिकारी थापाको घटनास्थलमै निधन भएको हो । काम गरेर घर फर्कने क्रममा अधिकारी दम्पतिको कारलाई विपरीत दिशाबाट आइरहेको बिएमडब्लुले ठक्कर दिएको थियो । पोस्टमार्टमपछि उनीहरुको शव नेपाल लैजाने तयारी भइरहेको उनीहरुका आफन्तले बताएका छन् ।

त्यस्तै बुधबार मेलर्बनकै रिजलन कोल्याकमा भएको अर्को सडक दुर्घटनामा चितवनका ३० वर्षिय प्रमोद आचार्यको निधन भएको छ । बेलुकाको काममा गइरहेका प्रमोदको कारलाई बिपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएको हो ।

भिक्टोरिया प्रहरीका अनुसार भिक्टोरिया राज्यमा मात्र यस वर्ष यता मात्र सडक दुर्घटनामा परी १ सय २२ को मृत्यु भएको छ र अधिकांश दुर्घटनामा तीव्र गतिका कारण भएको देखिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?