अनैतिक कार्यमा लगाउने होटेल सञ्चालक पक्राउ, तीन किशोरीको उद्धार
जेठ ८, काभ्रे । काभ्रे प्रहरीले किशोरीहरुलाई यौनधन्दामा लगाउने एक युवकलाई पक्राउ गरेको छ ।
बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका रोशी गाउँपालिका– ६ का २९ वर्षीय राधाकृष्ण मैनालीलाई पक्राउ गरिएको हो ।
बनेपा–८ स्थित उक्त क्याफेमा अनैतिक क्रियाकलाप भएको उजुरी पछि सो क्याफेका सञ्चालक मैनालीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख रेशम बोहोरा जानकारीले दिए । उनका अनुसार उक्त होटलवाट अनैतिक कार्यमा संलग्न गराईएका ३ जना किशोरीहरूलाई उद्धारसमेत गरिएको छ ।
जिल्ला अदालत धुलिखेलबाट ७ दिने म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।