सिड्नीमा अवतरण गरे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी


जेठ ८, मेलबर्न, अष्ट्रेलिया । भारतका प्रधानमन्त्री अष्ट्रेलियाको सिड्नीमा अवतरण गरेका छन् ।

पपुवा न्गुगिनिमा भएको फिपिक समारोह समापन भएपछि उनी अष्ट्र्रेलिया पुगेका हुन् । उनी तीन देशको भ्रमणमा निस्किएका थिए । जापानमा भएको जि-७ समारोहमा भाग लिएर उनी पपुवा न्युगिनी गएका थिए ।

अष्ट्रेलियामा मोदीले भारतीय व्यक्तिहरूसँग भेटवार्ता गर्नेछन् । त्यस्तै, भारत फर्किनुअघि अष्ट्र्रेलियन समकक्षी एन्थोनी अल्बानीजसँग मोदीले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?