काजकिस्तान घुम्न गएका अष्ट्रेलियन पर्यटक मृत अवस्थामा फेला
जेठ ११, एजेन्सी । काजकिस्तानको पहाडी क्षेत्रमा तीन दिनदेखि हराएका एक अष्ट्रेलियन पर्यटक मृत फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्।
प्रहरीले जेक माइकल हर्डको शव तियान शान पर्वतमा रहेको बिग अल्माटी ताल नजिकै २५०० मिटरको उचाइमा फेला पारेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
राज्य समाचार एजेन्सी काजिनफर्मले हर्ड शनिबार अल्माटी आइपुगेको र सोमबार उडान गर्ने तयारी गरिरहेका थिए। तर, उनका साथिका अनुसार हर्ड एयरपोर्ट सम्म पनि पुग्न सकेनन् ।
शनिबार अल्माटी आइपुगेपछि हर्डले आफ्नो होस्टल छोडेर आइतवार अल्माटी तालमा गएका थिए। त्यसपछि उनी त्यहाँबाट नफर्किएको बताइएको छ।
उद्धारकर्ता र स्वयंसेवकहरूले वर्षा, हिउँ र तेज हावाको कठिन परिस्थितिको बाबजुद पनि उनको खोजी गरेका थिए। मृतक हर्डको शवमा कुनै हिंस्रक मृत्युको निशान नदेखिएको उद्धारकर्ताहरूले बताएका छन्। उनीहरूले हर्डका व्यक्तिगत सामानहरू पनि बरामद गरेका छन्।