रोजर कुक वेस्टर्न अष्ट्रेलियाको  प्रिमियर बन्ने !


जेठ १७, मेलबर्न, अष्ट्रेलिया। रोजर कुकले आफू वेस्टर्न अष्ट्रेलियाको  प्रिमियर हुने पुष्टि गरेका छन्। अहिलेका यातायात मन्त्री यातायात मन्त्री रीता सफियोटी उनको उप-प्रमुख (प्रिमियर) हुने पनि उनले बताएका छन्।

मेटल वर्कर्स युनियनको समर्थन पाएपछि अहिले उपप्रमुख रहेका उनले प्रिमियर बन्ने दाैडको अग्रता लिएका हुन्। यो भन्दा अघि प्रिमियरको रूपमा हेरिएका एम्बर-जेड स्यान्डरसन भने दाैडबाट पछि हटेका छन्।

सेफियोटीले उनी उनी कुकको उपप्रमुख भएको अवस्थामा समर्थन गर्ने प्रष्ट पारेकी छिन्।

कुक र सफिओटीले सोमबार मार्क म्याकगोवानको राजीनामाको घोषणा पछि उक्त पदहरूको नेतृत्व लिने घोषणा गरेका हुन्।

‘पश्चिमी अष्ट्रेलियाको ३१ औं प्रिमियर बन्नका लागि आफूलाई अगाडि राख्न पाउनु ठूलो सम्मानको कुरा हो’, कुकले भनेका छन्। ‘मेरी असल साथी रीता सफियोटीसँगै यो पदमा आउन पाउँदा विशेष खुशी लागेको छ।’

राजिनामा घोषणा गरेका वर्तमान प्रिमियर म्याकगोवान शुक्रबारबाट बिदा हुँदैछन्। उनले २०१७ देखि राज्यको नेतृत्व लिएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?