श्रीमतीलाई छुरा प्रहार गरी हत्या गर्ने मेलबर्नका प्राध्यापकलाई २४ वर्षको जेल सजाय
जेठ १८, मेलबर्न, अष्ट्रेलिया । आफ्नो छोराको किन्डरगार्टन प्रबन्धको बारेमा उत्पन्न बहस पछि आफ्नी श्रीमतीलाई छुरा प्रहार गरी हत्या गर्ने एक विश्वविद्यालयका प्राध्यापकलाई २४ वर्षको जेल सजायको फैसला भएको छ।
पूर्व डेकिन युनिभर्सिटी डिजिटल मिडिया लेक्चरर ४१ वर्षीय एडम ब्राउनले गत वर्ष २०२२ मा मेलबर्नको पूर्वमा रहेको आफ्नो घरमा ३५ वर्षीया श्रीमती चेन चेङको हत्या भएको स्वीकार गरेका थिए।
घरमा विवाद हुँदा उक्त दम्पत्तिले नै चक्कु हानाहान गरेको पाइएको थियो। छिमेकीहरूले चेंगले सहयोगका लागि गुहारेको सुनेको बताएका थिए। ब्राउनले चेङलाई छाती र घाँटीमा धेरै पटक छुरा प्रहार गरी क्रूर हत्या गरेको पाइएको थियो।
न्यायाधिश जोन च्याम्पियनले उनलाई आफ्नी श्रीमतीमाथि बर्बर र निरन्तर हमला” गरेको आरोपमा २४ वर्षको जेल सजाय तोकेका थिए। न्यायाधीशले ब्राउनको पुलिसलाई झगडाको क्रममा दम्पतीले छुरा प्रहार गरेको दाबीलाई अस्वीकार गरे।
ब्राउनलाई सामान्य चोटपटक मात्र लागेको थियो।
ब्राउनले आफ्नो सजायको एक वर्षभन्दा बढी समय बिताइसकेका छन् र साढे १७ वर्षपछि प्यारोलका लागि योग्य हुनेछन्।