कारको ठक्करबाट मेलबर्नमा पैदल यात्रीको मृत्यु
जेठ १८, मेलबर्न, अष्ट्रेलिया । मेलबर्नको उत्तरपूर्वी क्षेत्रमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
उक्त व्यक्तिलाई बुधबार बेलुका ८ बजेभन्दा पहिले रेलवे प्लेस, फिट्जरोय नर्थ नजिकैको सेन्ट जर्जस रोडमा कारले ठक्कर दिएको थियो।
ज्यान जोखिममा परेका उनलाई अस्पताल लगिएको थियो जहाँ पछि उनको मृत्यु भयो। प्रहरीले मृतको पहिचान खुल्न बाँकी रहेको जानकारी दिएको छ।
गाडीका चालक रिजर्भोयरका ५४ वर्षीय पुरुषलाई घटनास्थलबाट नै पक्राउ गरेको छ। उनले प्रहरी अनुसन्धानमा सहयोग गरिरहेको बताइएको छ।
घटनाको बारेमा कुनै जानकारी भएमा क्राइम स्टोपर्सलाई सम्पर्क गर्न आग्रह गरिएको छ।