भारतको ओडिसामा भयानक रेल दुर्घटना, २०० बढीको मुत्यु
जेठ २०, नयाँ दिल्ली । भारतको ओडिसास्थित बालासोर जिल्लामा कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा कम्तीमा २०० जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ९०० बढी घाइते भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।
बालासोर नजिकै बहनगा बजार स्टेशन नजिकै उक्त रेल दुर्घटना भएको हो। चेन्नईबाट हावडा जाँदै गरेको कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएको हो।
दुर्घटनास्थल निरीक्षण गर्ने क्रममा केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। गम्भीर घाइतेलाई दुई लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने पनि उनले भनेका छन्।