बालीमा रक्सी खाएर आतङ्क मच्चाउने अष्ट्रेलियन नागरिक जेलबाट रिहा, स्वदेश फर्किने तयारी
जेठ २६, मेलबर्न, अष्ट्रेलिया। इन्डोनेसियामा मदिरा सेवन गरेर दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक अष्ट्रेलियन नागरिक जेलबाट रिहा भएका छन्।
२३ वर्षीय बोधिमणि रिस्बी-जोन्सलाई अप्रिलमा आचे प्रान्तको सुमात्राको तटमा रहेको सिमेउलु टापुस्थित सर्फ रिसोर्टमा नग्नता देखाउँदै मानिसहरूलाई आक्रमण गरेको आरोपमा पक्राउ गरिएको थियो।
उनले टापुको सडकमा मानिसहरूलाई लखेट्दै प्रहार गरेको आरोप लागेको थियो। जसका कारण मोटरसाइकलमा सवार एक जना घाइते समेत भएका थिए।
प्रारम्भिक रूपमा उनले ५ वर्षसम्म जेल सजाय बिताउनुपर्ने बताइएको थियो। तर, मे २६ तारिखमा उनले घाइते भएका व्यक्तिलाई २५ हजार अष्ट्रेलियन डलर क्षतिपूर्ति दिने सम्झाैता भएसँगै जेलबाट छुटकारा पाएका हुन्।
“म धेरै राहत र खुसी महशुस गरिरहेको छु,” रिस्बी-जोन्सले मंगलबार आफ्नो रिहाइ पछि पत्रकार सम्मेलनमा भने। “मैले आफैलाई मूर्ख बनाएको छु र यसलाई सार्वजनिक रूपमा देखाइएको छ।”
उनी अबको केही दिनमा नै अष्ट्रेलिया फर्किने तयारी गरिरहेका छन्।