ट्रान्सजेन्डर बन्न ६ महिना लागेको थियो नवाजुद्दीनलाई


जेठ २७, काठमाडौँ । अभिनेता नवाजुद्दीन सिद्दीकीको फिल्म ‘जोगिरा सारा रा रा रा’ हालै रिलिज भएको थियो। नेहा शर्माको समेत अभिनय रहेको फिल्मले बक्सअफिसमा कमाल देखाउन सकेन । यतिबेला नवाजुद्दीन अर्को फिल्म ‘हड्डी’लाई लिएर चर्चामा छन्।

फिल्ममा उनले ट्रान्सजेन्डरको भूमिका निर्वाह गरेका छन्। फिल्मकी निर्मात्री राधिका नन्दाका अनुसार नवाजुद्दीनको यो लुक्स तयार पार्न ६ महिना समय लागेको थियो। ‘यो समय नवाजुद्दीनका लागि निकै गाह्रो थियो, किनकी सारी लगाउनमा उनलाई ३० मिनेट र पुरा लुक्स तयार पार्न ३ घण्टा लाग्थ्यो’, उनले भनेकी छन्।

नवाजुद्दीनले फिल्मका लागि करिब ८० सारीको प्रयोग गरेका थिए। ‘नवाजुद्दीनले पहिलोपटक आफूलाई ट्रान्सजेन्डर लुक्समा देख्दा निकै खुशी भएका थिए। किनकी उनले आफूलाई अहिलेसम्म यस्तो लुक्समा देखेका थिएनन्। उनले आफूलाई चरित्रको नजिक महशुस गरेका थिए’,उनले भनेकी छन्।

राधिकाले नवाजुद्दीनको लुक्स बनाउने प्रोस्थेटिक्सको पनि प्रयोग गरिएको खुलाइन्। फिल्म जूनको अन्त्यमा रिलिज हुनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?