स्वस्तिक चिन्हमा देशव्यापी प्रतिबन्ध लगाउने अष्ट्रेलियाको घोषणा
जेठ ३०, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाले नाजी पार्टीका प्रतीकहरूमा राष्ट्रिय प्रतिबन्ध लागू गर्ने घोषणा गरेको छ। अति दक्षिणपन्थी समूहहरूलाई रोक्न प्रयासका लागि प्रतिबन्ध लगाउने विधेयक ल्याउने अष्ट्रेलियाले घोषणा गरेको हो।
यो विधेयकले हिट्लरको पार्टीको सबैभन्दा चर्चित स्वस्तिक चिन्ह र नाजी पार्टीको अर्धसैनिक शाखा Schutzstaffel (SS) को चिन्हमा पनि सार्वजिक स्थानमा प्रतिबन्ध लगाउने बताइएको छ।
अष्ट्रेलियाका कतिपय राज्यहरूले नाजीको स्वस्तिक चिन्हमा प्रतिबन्ध लगाइसकेका छन्। सरकारले ल्याउन लागेको विधेकय पास भएका देशभर स्वस्तिक चिन्ह प्रदर्शनमा प्रतिबन्ध लाग्नेछ।
यद्यपि नयाँ कानूनले नाजी सलामलाई भने प्रतिबन्ध नलगाउने बताइएको छ।
मार्चमा मेलबर्नमा केल्ली-जे किन-मिन्सुलको नेतृत्वमा भएको र्यालीमा नव-नाजीहरूको एउटा समूह सहभागी भएको थियो। ट्रान्सजेन्डर अधिकारको विरोध गर्ने उक्त समूहले भिक्टोरियन संसदको अगाडी नाजी पार्टीको सलामी गरेका थिए।
केन-मिन्शुलले समूहसँग कुनै संलग्नता नरहेको दाबी गरेकी थिइन्। तर उनको कार्यले कडा राजनीतिक प्रतिक्रिया जगाएको थियो। धेरै मानिसहरूले अब नाजी प्रतीकहरूको सार्वजनिक प्रदर्शनलाई सम्बोधन गर्न थप प्रभावकारी उपायहरूको लागि आह्वान गरिरहेका छन्।
नयाँ कानूनको घोषणा गर्दै महान्यायाधिवक्ता मार्क ड्रेफसले भने, “अष्ट्रेलियामा नरशंकार र हिंसाको गुणगान गाउने प्रतीकहरूका लागि कुनै ठाउँ छैन।” “हामी अब मानिसहरूलाई नाजीहरूको उत्सव मनाउने वस्तुहरूको प्रदर्शन र बिक्रीबाट लाभ उठाउन अनुमति दिने छैनौं,” उनले थपे।
प्रतिबन्धमा झण्डा, आर्मब्यान्ड, टी-शर्ट, चिन्हको व्यापार र सार्वजनिक प्रदर्शन र नाजी विचारधारालाई बढावा दिने प्रतीकहरूको अनलाइन प्रकाशन समावेश गरिएको ड्रेफसले जानकारी दिएका छन्।
यद्यपि शैक्षिक, धार्मिक, कलात्मक, साहित्यिक, पत्रकारिता वा वैज्ञानिक उद्देश्यका लागि नाजी स्वस्तिक र एसएस प्रतीकहरूको सार्वजनिक प्रदर्शनलाई अनुमति दिइनेछ।