भिक्टोरियामा एक हप्तामै दोश्रो पटक गयो भूकम्प


जेठ ३१, मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियाको दक्षिणपूर्वमा सोमबार राति भूकम्प गएको छ। भिक्टोरियामा एक हप्तामा रेकर्ड गरिएको यो दोस्रो भूकम्प हो।

मेलबर्नबाट १७० किलोमिटर दक्षिणपूर्वमा रहेको फोस्टर नजिकैको केन्द्रविन्दु भएर बेलुका ८.२९ बजे भूकम्प गएको जानकारी दिइएको छ। यसको २.८ म्याग्निच्युड र ७ किलोमिटर गहिराई थियो।

जियोसाइन्स अस्ट्रेलियाले मंगलबार बिहानसम्म सात जनाले भूकम्पको धक्का महसुस गरेको रिपोर्ट गरेको जानकारी दिएको छ।

एक साताअघि शनिबार दिउँसो भिक्टोरियाको मोर्निङटन प्रायद्वीपमा २.३ म्याग्निच्युडको भूकम्प गएको थियो। १०० भन्दा बढी व्यक्तिहरूले उक्त भूकम्पको रिपोर्ट गरेका थिए।

त्यसको केही दिनअघि मेलबर्नमा ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पको कम्पन ठूलो भएका कारण बढी चर्चा भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?