न्यु साउथ वेल्सको मोटरसाइकल दुर्घटनामा ३१ वर्षीय पुरूषको मृत्यु
असार ५, मेलबर्न, अष्ट्रेलिया । न्यु साउथ वेल्समा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ। ३१ वर्षीय पुरूषले चलाएको मोटरसाइकल न्यु साउथ वेल्सको दक्षिणीभाग टेबलल्याण्डको एक चर्चमा ठोक्किँदा चालकको मृत्यु भएको हो।
शनिबार बेलुका करीब ८ः ३० बजेतिर गोलबर्नको किङ्होर्न स्ट्रिटमा रहेको सेन्ट निकोलस चर्चमा आपतकालीन सेवाहरू बोलाइएको थियो। घटनास्थलमा पुगेको प्यारामेडिकको टोलीले सिपिआर गरेता पनि घाइतेको ज्यान भने बचाउन असमर्थ भएका थिए।
प्रहरीले यस घटनामा अरू कोही घाइते नभएको पनि बताएको छ। यद्यपी, प्रहरीले घटनाबारे थप अनुसन्धान भने सुरू गरिसकेको जानकारी दिएको छ।