गोल्ड कोस्टस्थित निकुञ्जको भीरबाट खसेर गम्भीर घाइते भएका व्यक्तिको हेलिकप्टरमार्फत उद्धार


असार ५, मेलबर्न, अष्ट्रेलिया । गोल्ड कोस्टको ल्यामिङटन राष्ट्रिय निकुञ्जको भीरबाट खसेर गम्भीर घाइते भएका व्यक्तिलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ।

रोरी लेन नामका २६ वर्षीय पुरुष वेस्ट कानुन्ग्रा क्रीक नजिकै साथीसँग पैदल यात्रा गर्दै थिए। तर, अकस्मात उनीहरू आइतबार दिउँसो छुट्टिन पुगे। त्यसपछि झाडीमा अल्मलिएका लेन पहाडबाट खसेका थिए।

गम्भीर घाइते र अतिरिक्त खाना वा न्यानो कपडा बिना लनले ५ डिग्रीभन्दा कम तापक्रम भएको रात जंगलमा एक्लै बिताएका थिए।

सोमबार बिहान अधिकारीहरूले हवाई र जमिनबाट सम्पर्क विहीन भएका पैदलयात्रीको खोजी गर्न थालेका थिए। उक्त टोलीका एक सदस्यले उनी झाडीमा अड्किएको देखेपछि उनलाई होसमा ल्याइएको थियो।

पहाडबाट खसेका कारण उनको शरीरका विभिन्न हड्डीहरूमा चोट लागेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ। अहिले उनको अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?