अष्ट्रेलियाको जेलमा झगडा हुँदा एक जनाको हत्या


असार ६, मेलबर्न, अष्ट्रेलिया । दक्षिण अष्ट्रेलियाको एक जेलमा आफ्नो सेलमेटको हत्या गरेको आरोप लागेका एक व्यक्तिको पहिचान भएको छ।

३३ वर्षीय बेन्जामिन एन्थोनी शुमनले एडिलेडको यतला श्रम जेलले रात्रीकालीन बन्दी प्रक्रिया सुरू गरेपछि अर्को व्यक्तिसँग झगडा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।

उच्च सुरक्षाको कारागारमा यस्तो घटना अष्ट्रेलियामा झन्डै ३० वर्षमा पहिलो पटक भएको जनाइएको छ।

५२ वर्षीय पीडितलाई बेहोस भएको अवस्थामा जेल परिसरकै प्राथमिक उपचार केन्द्रमा उपचार गरिएको थियो। तर, मेडिकल अधिकारीहरूले उनको ज्यान भने जोगाउन सकेनन्।

ठूला अपराध अनुसन्धान टोलीले ती व्यक्तिको सेलमेट ३३ वर्षीय सुमनलाई पक्राउ गरेको छ। कोरोनरले हिरासतमा मृत्युको रूपमा केसको अनुसन्धान गर्नेछ।

सन् १९९५ मा पूर्वप्रहरी अधिकृत ट्रेभर टिल्लीको छुरा प्रहारपछि यतलामा यो पहिलो हत्या हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?