क्रिप्टोकरेन्सीको नाम दिएर ५५ लाख डलर ठगी गर्ने २ जना सिड्नीमा पक्राउ, लक्जरी कार बरामद


असार ८, मेलबर्न, अष्ट्रेलिया । क्रिप्टोकरेन्सी सम्बन्धित ठगीमा दुई कम्पनीहरूले ५५ लाख डलरभन्दा बढी ठगी गरेको आरोपमा सिड्नीमा दुई पुरुषलाई पक्राउ गरिएको छ। प्रहरीले खोजतलास गरी धेरै लक्जरी स्पोर्ट्स कारहरू समेत जफत गरेको छ।

39 वर्षीय फाबियो सा अल्भेसलाई शुक्रबार सिड्नीको उत्तरी समुद्री किनारमा रहेको क्रोमरमा गडी चलाइरहेको अवस्थामा रोकेर पक्राउ गरिएको न्यु साउथ वेल्स पुलिसले जनाएको छ।

त्यस दिनपछि प्रहरीले सोही उपनगरमा एक घर र गोदाममा छापा मारेर लक्जरी तथा क्लासिक कार, ११ वटा मोटरसाइकल, सात वटा डिजाइनर घडी र क्रिप्टोकरेन्सी वालेट बरामद गरेको छ।

अनुसन्धान टोलीले त्यसको भोलिपल्ट भित्री पश्चिमको म्यारिकभिलमा रहेको कार डीलरशिपबाट लगभग ६ लाख डलर पर्ने रातो फरारी कार समेत बरामद गरेको छ।

जफत गरिएका सबै लक्जरी कारहरूको कुल मूल्य करिब  २७ लाख डलर भएको अनुमान गरिएको छ।

हिजो ६७ वर्षीय एक व्यक्तिलाई म्यानलीमा गिरफ्तार गरेर १ लाख डलरभन्दा बढीको अपराधको सम्पत्तिको कारोबारको आरोप लगाइएको छ।

सा अल्वेसले कम्पनीहरूलाई ठगी गर्न २०२१ बाट क्रिप्टोकरेन्सीको ठगी प्रकरण सुरू गरेको बताएका छन्। त्यस्तै, ६७ वर्षीय वृद्धले फरारीबाट प्रहरीको नजर हटाउन नक्कली कारोबार गरेको देखाएको बताइएको छ।

फाइनान्सियल क्राइम स्क्वाडका कमाण्डर डिटेक्टिभ सुपरिटेन्डेन्ट गोर्डन अर्बिन्जाले क्रिप्टोकरेन्सी गैरकानूनी नभए पनि यसको प्रयोग गर्दा मानिसहरूले सावधानी अपनाउनुपर्ने बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?