पत्रकार न्याैपानेको ‘फलाङ फुड डिक्सनरी’ विमोचन


असार १०, मेलबर्न, अष्ट्रेलिया । पत्रकार शिव न्याैपानेको ‘फलाङ फुड डिक्सनरी’ विमोचन भएको छ। शनिबार मेलबर्न एक कार्यक्रम गरि उक्त डिक्सनरी (शब्दकोष) विमोचन भएको हो। 

विमोचन कार्यक्रममा राष्ट्र्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाही र अष्ट्रेलियामा नेपाली समुदायमाझ चर्चित व्यक्ति नेपालका महावाणिज्यदूत चन्द्र योन्जनको सहभागिता रहेको थियो।

उक्त शब्दकोषमा क्युलिनरी आर्टस्सँग सम्बन्धि शब्दका अर्थहरू रहेका छन्। शब्दकोषमा विश्वभरीका खानेकुरा सम्बन्धि शब्दअर्थ समेटिएका छन्।

कार्यक्रममा बोल्दै महावाणिज्यदूत योन्जनले मेलबर्नमा पाहुनाहरू जाँदा सम्मान र स्वागत गर्ने एउटा राम्रो संस्कृति भएको बताएका छन्। उनले नेपालको राजनैतिक सन्दर्भमा पनि बोल्दै युवा पुस्ताले राजनीतिमा प्रवेश गर्ने प्रवृत्ति बढ्दै जानु सकारात्मक पक्ष भएको टिप्पणी गरेका छन्।

उनले अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीमा पार्टीगत, जातीय तथा साम्प्रदायिक भावना भन्दा पनि समग्र नेपाली हाैँ भन्ने भावना विकास भइरहेको पनि बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?