लोप भएको भनिएको ५० वर्षपछि भिक्टोरियामा देखियो दुर्लभ प्रजातिको छेपारो


असार ११, मेलबर्न, अष्ट्रेलिया । लोप भएको भनिएको एक प्रजातिको छेपारो भिक्टोरियामा फेला परेको छ। जंगलबाटै लोप भएको भनिएको करीब ५० वर्षपछि उक्त प्रजातिको छेपारो फेला परेको बताइएको छ।

उक्त प्रजातिको छेपारो अन्तिम पटक सन् १९६९ मा इयरलेस ड्र्यागन एक घाँसे मैदानमा अन्तिम पटक देखिएको थियो। तर, पर्यावरण मन्त्री इन्ग्रिड स्टिटले आज प्रजातिको जीवित अंश फेला परेको बताउँदै संरक्षण गरिने बताएकी छन्।

मेलबर्नको पश्चिममा मूल घाँसे मैदानहरूमा प्रशस्त पाइने यो प्रजाति सिकारीहरूसँगै वासस्थानको क्षतिको कारण लोप भएको थियो।

“यो एउटा अचम्मको खोज हो र यसले हाम्रो राज्य र संसारमा हराएको सोचेको प्रजातिलाई पुन: प्राप्ति गर्ने अवसर प्रदान गर्दछ,” स्टिटले भनेकी छन्। “हाम्रा साझेदारहरूको सहयोगले हामी यो गम्भीर रूपमा लोपोन्मुख प्रजातिको विलुप्तता विरुद्ध लड्न जारी राख्नेछौं – भविष्यका पुस्ताहरूले यो अविश्वसनीय अद्वितीय छेपारो बारे देख्न र सिक्न सक्ने सुनिश्चित गर्ने प्रयत्न गर्नेछाै।”

स्याल र जङ्गली बिरालाहरू जस्ता शिकारीहरू सानो छेपारोलाई लोप हुने छेउमा पुर्‍याउने कारकहरू मध्ये एक हुन्।

संघीय र राज्य सरकार बीचको संयुक्त लगानीले प्रजातिको संरक्षणमा मद्दत गर्न नयाँ संरक्षण परियोजनातर्फ १ लाख ८८ हजार डलर विनियोजन भएको छ।

यस परियोजनाले लोप हुन लागेका यस्ता प्रजातिहरूको पहिचान गर्नका लागि तालिमप्राप्त कुकुरहरूको परिचालन गर्ने बताइएको छ। भिक्टोरियाको चिडियाखानामा प्रजनन कार्यक्रम पनि स्थापना गरिने बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?