बिहानै गोली हानेर सिड्नीमा एक जनाको हत्या
असार १२, मेलबर्न, अष्ट्रेलिया । सिड्नीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानबाट मृत व्यक्ति कुनै ग्यांगसँग सम्बन्धित भएको हुनसक्ने अनुमान गरेको छ।
शहरको पूर्वी उपनगरको बोन्डी जंक्शनस्थित स्प्रिङ र डेनिसन स्ट्रिटको बीचमा रहेको अन्डरग्राउण्ड कारपार्कमा बिहान ८.३० बजे गोली चलेको थियो।
यो घटनामा २ व्यक्ति संलग्न भएको प्रहरीको अनुमान छ। उनीहरूले गोली चलाएर कारको ड्राइभर सिटमा बसेका ४० वर्षीय व्यक्तिको हत्या गरेको अनुमान गरिएको छ।
उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो तर औपचारिक रुपमा पहिचान हुन सकेको छैन। जेम्स स्ट्रिटमा भेटिएको जलेको पोर्श कार हत्यासँग जोडिएको छ।
जलेको अवस्थामा नै जेटल्याण्डको कुक लेनमा फेला परेको होल्डन कमोडोर कार पनि यस घटनासँग जोडिएको हुनसक्ने भन्दै डिटेक्टिभहरूले अनुसन्धान गरिरहेका छन्।