ललिता निवास जग्गा प्रकरण : पूर्व निर्वाचन आयुक्त शाह पक्राउ


असार १२, काठमाडौँ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व निर्वाचन आयुक्त सुधीर शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।

शाहलाई पक्राउ गरिएको ब्यूरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले पुष्टि गरेकी छन्।

शाह यो प्रकरणमा आज पक्राउ पर्ने सातौं व्यक्ति हुन्। यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित ६ जनालाई सीआईबीले पक्राउ गरेको थियो। 

शाहले आफ्नी श्रीमतीको नाममा ललिता निवासको जग्गा किनेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?