सिड्नीको सपिङ सेन्टरमा झगडा गरेर आतङ्क मच्चाउने ६ जना पक्राउ
असार १२, मेलबर्न, अष्ट्रेलिया । सिड्नीको सीबीडी वेस्टफिल्ड सपिङ सेन्टरमा भएको हिंसात्मक झगडापछि अल्मेडाइन अपराध नेटवर्कसँग जोडिएका छ जना पुरुषलाई अभियोग लगाइएको छ।
डिटेक्टिभ सुपरिटेन्डेन्ट एन्ड्रयू कौटसौफिसले जुन २१ मा करिब १२.३० बजे मार्केट स्ट्रिटमा रहेको सपिङ सेन्टरमा चार पुरुषको समूह र दुई पुरुषको समूहले एक अर्कालाई भेटेको आरोप लगाएका छन्।
“उनीहरूले एकअर्काको सामना गर्दा एकअर्कालाई आक्रमण गरेका छन्।” कौटसौफिसले भनेका छन्। ‘उनीहरूले धेरै व्यस्त किनमेल केन्द्रमा जनावरहरू जस्तै व्यवहार गरेका छन्।’
१९ र २१ वर्षका दुई जना पुरुषहरू केन्ट सेन्टमा केही समयपछि पक्राउ परेका थिए र उनीहरूलाई जालझेलको आरोप लगाइएको थियो। उनीहरु जुलाई १२ मा अदालतमा उपस्थित हुनेछन्।
थप सोधपुछ पछि पुलिसले शुक्रबार (जुन २२ मा) बिहान ६ बजे उत्तरी पारामाटा, एबर्न, डुन्डास भ्याली र साउथ ग्रानभिलका चार घरहरूमा खोजीका वारेन्ट लिएको थियो।
३३, ३० र २४ वर्षका तीन जना पुरुषहरूलाई उत्तरी पारामाट्टाको घरबाट पक्राउ गरिएको थियो। उनीहरूको साथबाट प्रहरीले २ वटा बन्दुक र ३० हजार डलर समेत बरामत गरेको छ।
त्यस्तै, अबर्नमा १३ हजार डलर बरामद गरिएको छ। प्रहरीको खोजीपछि केही समयमा नै २६ वर्षीय चाैथो पुरूष पक्राउ परेका थिए।
उनी चारै जनालाई ठगीको आरोप लगाइएको थियो र गत शुक्रबार अदालतमा हाजिर गरिएको थियो। ३० वर्षीय र २४ वर्षीयालाई जमानत दिन अस्वीकार गरिएको छ। उनीहरू बुधबार फेरि अदालतमा हाजिर हुनेछन्।
३३ वर्षीय र २६ वर्षीय पुरूषलाई जमानत दिइएको थियो र उनीहरू जुलाई ६ मा फेरि अदालतमा उपस्थित हुनेछन्।