अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना, पाइलटको घटनास्थलमै मृत्यु
असार १४, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा भएको हेलिकप्टर दुर्घटनामा एक पाइलटको मृत्यु भएको छ । नर्थन टेरीटोरीको दुर्गम स्टेशनमा गरिएको नियमित अपरेशन गलत हुँदा उक्त दुर्घटना भएको हो।
रोबिन्सन आर२२ हेलिकप्टर मंगलबार दिउँसो भिक्टोरिया नदी क्षेत्रको बुकाननको उत्तरपूर्वी लिम्बुन्या स्टेशनमा दुर्घटनाग्रस्त भएको थियो।
नर्थन टेरीटोरीको प्रहरीलाई पश्चिमी अष्ट्रेलियाको सीमा नजिकै १२ः २० बजे दुर्घटनाको बारेमा सूचित गरिएको थियो। अहिले प्रहरीले यो दुर्घटना कसरी भयो भनेर अनुसन्धान गरिरहेको छ।
“यारालिन र कलकरिन्दजी प्रहरी दुर्घटनास्थलमा पुगेका थिए र हेलिकप्टरमा सवार ६५ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि भयो,” प्रहरीले भनेको छ।
हेलिकप्टर चार्टर कम्पनी टप एन्ड मस्टरिंगले यो घटनाबाट स्तब्ध भएको प्रतिक्रिया दिएको छ।
लिम्बुन्या क्याथरिनबाट ६५० किलोमिटर दक्षिणपश्चिममा र पश्चिमी अष्ट्रेलियाको सीमाबाट करिब १०० किलोमिटर टाढा अवस्थित छ।
अष्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोलाई पनि दुर्घटनाको बारेमा सूचित गरिएको छ। तर, ब्युरोले यस घटनाको अनुसन्धान गर्ने वा नगर्ने भन्ने पुष्टि भइसकेको भने छैन।