अष्ट्रेलियामा रोकिराखेको कारमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


असार १५, मेलबर्न, अष्ट्रेलिया । रोकिराखेको कारमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सनसाइक कोस्टमा भएको यस दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएको बताइएको छ।

३४ वर्षीय व्यक्तिले बुधबार मध्यरात भन्दा ठीक अघि,कालोन्ड्राको पश्चिमस्थित लिटिल माउन्टेनमा सनसेट ड्राइभमा पार्क गरिएको सेतो टोयोटा क्यामरीमा आफ्नो कालो सुजुकी डीआरजेड ठोक्काएका थिए।

प्यारामेडिक्स आइपुग्नु अघि नजिकैका बासिन्दाले तत्काल प्राथमिक उपचार उपलब्ध गराए पनि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरेको छ। प्रहरीले यस घटनामा अर्का सवारी चालक पनि संलग्न भएको बताउँदै सम्पर्कमा आउन अनुरोध गरेको छ।

त्यस्तै, घटनाका बारेमा जानकारी भएका अरू कोही भए उनीहरूलाइ पनि सम्पर्क गर्न अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?